काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) को थाउलो अन्तर्गत नान्दौमा उसुकी निमा घर्तीमगरले स्वर्ण जितेकी छिन्। यसअघि उसुमा नेपालले ३ स्वर्ण जितिसकेको छ। यससँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ३० पुगेको छ।
निमा लगातार दुई संस्करणमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी बनेकी छिन्। उनले भारतमा भएको १२ औं संस्करणको सागमा पनि स्वर्ण जितेकी थिइन्। बिहीबार आर्मी कभर्ड हलमा निमाले १८.१९ स्कोर ल्याउँदै बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पारेकी हुन्।
अख्तरले भने १६.३ अंकको साथ रजतमा चित्त बुझाइन्। श्रीलंकाकी संजु कुमारीले १४.७९ अंक जोड्दै तेस्रो स्थान हासिल गरिन्। उसुकै ताइची छ्वानतर्फ मिना ग्लानले रजत जितेकी छिन्। श्रीलंकाकी गुनासेकाराले १८.६६ स्कोरसहित स्वर्ण जित्दा मिनाले १८.४४ स्कोर मात्र बनाइन्।