काठमाडौं– आफ्नो समयकी चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन्। हालै अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ मा उनले सो अवार्ड हात पारेकी हुन्।
अमेरिकाको वल्र्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्रममा राइले ‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट उक्त अवार्ड हात परेकी हुन्। विशाल गुरुङ र लक्ष्मी अनुरागीको शब्द, शिला बहादुर मुक्तानको संगीत गीतमा रहेको छ। ४ महिने साङ्ँगीतिक यात्राको क्रममा केही महिना पहिले अमेरिका पुगेकी उनले अमेरिकाको १७ स्टेटमा आयोजित दुई दर्जन भन्दा बढी सांगीतिक कार्यक्रममा सहभागी भएकी छन्।