काठमाडौं– चीनको ग्वाङ्झाउमा उडान बिस्तारका लागि नेपाल एयरलाइन्सले मागेको अनुमति चीनले स्वीकार गरेको छ। नेपाल एयरलाइन्सले अब चीनमा उडान भर्ने छ।
नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख वरिष्ठ पाइलट दीपु ज्वारचनको अनुासार सरकारको कूटनीतिक पहल र नेपाल एयरलाइन्सले बुझाएका कागजातका आधारमा चीनले उडान अनुमति दिएको हो। यसअघि चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडिट गरेर मात्रै अनुमति दिने बताएको थियो। तर पछि त्यो विषयलाई आवश्यक ठानेन।
ज्वारचनेले अब नेपाल एयरलाइन्सले बजार व्यवस्थापन, प्रचार–प्रसारका लागि आवश्यक समय राखेर निकट भविष्यमा उडानको मिति तय गर्ने तयारीमा रहेको जानकारी दिएको छ। ‘हामी चीनमा रित्तो जहाज उडाउनु नपरोस भन्ने चाहन्छौं,’ ज्वारचनले थपे, ‘सोहीअनुसार तयारीको समय राखेर ग्वाङ्झाउ उडानको मिति सार्वजनिक गर्छौं।’
नेपाल अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण इयूको कालोसूची नहे पनि चीनको अनुमति प्राप्त भएको हो।