एजेन्सी –बुधवार राति स्टामफोर्ड ब्रिजमा भएको इंग्लिस प्रिमियर लिगमा चेल्सीले एस्टन भिल्ललाई पराजित गरेको छ।
चेल्सीका युवा खेलाडी ट्यामी अब्राहम र मेसन माउन्टको गोलमा चेल्सीले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ भने भिल्लाका ट्रेजेग्वेटले एक गोल फर्काएको हो।
खेलमा पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो। खेलको २४औं मिनेटमा अब्राहमको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो। ४१औं मिनेटमा ट्रेजेग्वेटले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफको शुरुमै चेल्सीले पुन खेलमा अग्रता बनाउन सफल भयो। अब्राहमको पासमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए। त्यसपछि पनि चेल्सीले पाहुना टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो। तसँगै चेल्सीले शीर्ष चारमा बलियो पकड बनाएको छ।
चेल्सीको १५ खेलबाट २९ अंक पुगेको छ। पराजित भिल्ला १५ अंकसहित १५औं स्थानमा छ। लिभरपुलको ४३, लेस्टरको ३५ र म्यानचेस्टर सिटीको ३२ अंक छ। प्रिमियर लिगको अन्य खेलमा वल्भ्सले वेस्ट ह्यामलाई २–० ले तथा साउथह्याम्पटनले नर्विच सिटीमाथि २–१ को जित निकालेको छ। वल्भ्स पाँचौ, वेस्ट ह्याम १३औं, साउथह्याम्पटन १७औं र नर्विच १९औं स्थानमा छ।