एजेन्सी– चर्चित बलिउड नायक अक्षय कुमारले आफ्नो विगतको तीतो अनुभवको खुलासा गरेका छन्। नयाँ फिल्मको प्रमोसनमा उनले अफ्ठ्यारो समयमा ठूला निर्देशकले फिल्म नदिएको गुनासो पोखेका हुन्। उनले २७ डिसेम्बरमा रिलीज हुन लागेको फिल्म ‘गुड न्यूज’ मा मुख्य भूमिका निभाएका छन्। यो फिल्म निर्देशक राज मेहताले निर्देशन गरेका हन्।
‘गुड न्यूजको’ कार्यक्रममा उनले नयाँ निर्देशकसँग काम सुरु गरेको विगत सम्झदैँ भने, ‘ठूला र अनुभवी निर्देशकले मलाई लिएनन्। त्यसैले मैले नयाँ निर्देशकसँग काम गरेँ। सत्य यही नै हो जब कोहि ठूला मान्छे तपाईँसँग काम गर्न चाहादैँनन् तब आफै काम गर्न शुरु गर्नुपर्छ।’ उनले अगाडि भने, ‘राज मेरो २१ औँ निर्देशक हुन्।
मलाई लाग्छ नयाँ निर्देशकमा राम्रो काम गर्ने इच्छाशक्ति पुराना निर्देशकमा भन्दा बढी हुन्छ। नयाँ निर्देशकको लागि मर या गरको स्थिती हुन्छ।’ उनले किन निर्देशकले काम दिएनन् त? भन्ने प्रश्नको जवाफमा उनले निर्देशकहरु त्यहीँ गए जहाँ उनीहरुलाई ठिक लाग्यो। त्यसैले आफूलाई कसैसँग गुनासो नभएको उनले बताएका छन्।