एजेन्सी – ओल्ड ट्राफोर्डमा बुधबार राति भएको इंग्लिस प्रिमियर लिगमा युनाइटेडले टोटेनहममाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो। मार्कुस रासफोर्ड चम्कदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ।
खेलको छैटौं मिनेटमा माकर्सस रासफोर्डको गोलबाट घरेलु टोली अघि बढेको थियो। ३९औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ४९औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा २–१ ले अघि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा म्यानचेस्टर विजयी हुन सफल भयो।
युनाइटेडले पछिल्ला चौथो खेलमा जितको स्वाद पाएको हो। ब्राइटनमाति ३–१ को जित निकालेपछि युनाइटेड युरोपा लिगा एस्तानमा सँग २–१ ले पराजित तथा प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको थियो।
यता, जोसे मोउरिन्होको प्रशिक्षणमा टोटेनहमले पहिलो हार बेहोरेको छ। मोउरिन्होले आफ्नै पुर्वक्लबविरुद्ध हार बेहोरेका हुन्। उनको प्रशिक्षणमा टोटेनहमले लगातार तीन जित निकालेको थियो। तर, चौथो खेलमा यो सफलता दोर्होयाउन सफल भएनन्।
जितसँगै युनाइटेड १५ खेलबाट २१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। पराजित टोटेनहम २० अंकसहित आठौं स्थानमा छ।