काठमाडौं– आगामी १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म ‘दी कर्मा’ को अफिसियल टिजर सार्वजनिक भएको छ। टिजरमा लोकप्रिय अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण बर्मा र बुद्धी तामाङ देखिएका छन्। टिजरमा अभिनेत्री राणा निकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्।
देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा निर्माता जय राज राय आफैले लेखेका हुन्। रायसँगै श्रीदेव बि.एल.र निशा खतिवडा निर्माताको रुपमा रहेका छन्।तराईका भूभागमा छायाँङ्कन भएको फिल्ममा करण, नीता, परमिता, बुद्धीको अलवा देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=b4XSFXXvQPo