काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक अस्पताल पुगेकी छन्। एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बिहीबार दिउँसो अस्पताल पुगेकी हुन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति भण्डारीलाई अस्पतालका कार्यकारी निर्देशक डा उत्तमकृष्ण श्रेष्ठ, प्रधानमन्त्रीका प्रेस सल्ला्हकार सूर्य थापा लगायतले स्वागत गरेका छन्। यसअघि राष्ट्रपति भण्डारीले ओलीलाई मंसिर १२ गते भेटेकी थिइन्।