काठमाडौं– केही समय अगाडि प्रहरीको प्रक्राउमा परेका र्यापर भिटेन अहिले युटुबको टेन्डिङको पहिलो नम्बरमा छन्। उनको नयाँ गीत ‘थाहा छैन’ ले युटुबको शिर्ष स्थान ओगटेको छ। ४ दिन अगाडि सार्वजनिक भएको यो गीतले यो समाचार तयार पार्दासम्म ९ लाख ३५ हजार बढी भ्यूज पाएको छ। गीतलाई लाईक गर्नेहरु ६९ हजार छन् भने डिसलाईक गनेको संख्या १५ सय छ।
गीतले ५ हजार ५ सय भन्दा बढि प्रतिक्रिया पाएको छ। भिटेनको गीतलाई राम्रो भन्ने दर्शकको संख्या धेरै छ। केही समय अगाडि भिटेनलाई गीत गाएकै कारण प्रहरीले हिरासतमा लिएको थियो। गीतमा बोलिएका ‘भद्दा’ शब्द र प्रहरीको बर्दीलाई गलत प्रयोग गरेको आरोपमा भिटेन पक्राउ परेका थिए।
हिरासतबाट बाहिर निस्किएपछि भिटिनले ‘थाहा छैन’ बोलको गीत तयार पारेका हुन्। गीतमा ‘भद्दा’ शब्दहरु प्रयोग गरिएको छैन। भिटेनले गीतमा आफ्नै कथा भनेको धेरै दर्शकले वुझेका छन्। दर्शकले उनको गीतलाई प्रशंसा गरेका छन्। त्यसपछि उनका फ्यानहरु झनै बढ्न थालेका छन्।