काठमाडौं– आज(विहिबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको अनुसार आज दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने छ।
राष्ट्रपति विद्या भण्डारीले डिस्चार्ज हुनुअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएकी थिइन्।
मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमा थिए।प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको अस्पतालले बताएको छ।