काठमाडौं– नेपालमा पछिल्लो समय यस्ता धेरै प्रतियोगीताहरु हुँदै आएका छन्। केही समय अगाडि ‘मिस सुदुर पश्चिमाञ्चल’ प्रतियोगिता सकिएको थियो। त्यसैगरी अहिले ‘मिस पूर्वाञ्चल’ शुरु भएको छ, जसको दशौं संकरणका लागि २१ जना प्रतिस्पर्धीहरु छनोट भएका छन्। अनलाइन फर्म, धरान, इटहरी र विराटनगरको अडिसनबाट २१ जनालाई छनोट गरिएको हो।
पूर्वाञ्चलकै चर्चिच सौन्दर्य प्रतियोगीता मानिने ‘मिस पूर्वाञ्चल’का लागि धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत, सुष्मिता बराइली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशी बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु छनोट भएका छन्। यस्तै, इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ , इटहरीबाट सुदिक्षा विश्वकर्मा, निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल, खोटाङ्गबाट एन्जल राई , पथरीबाट रीजु भट्टराई , रेजिना राई ,र धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेका हुन्।
प्रिजनी नेपाल ‘मिस इटहरी आइकन २०१९’को बिजेता हुन् भने रीजु भट्टराई ‘मिस पथरी सनिस्चरे २०१९’ र एन्जल राई ‘मिस राई २०१९’ कि बिजेता हुन। प्रियारानी लामाले उनीहरुलाई तालिम दिनेछिन्। प्रतियोगिहरुलाई इपिएस ,व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
मिस पूर्वाञ्चलको विजेताले उपाधिसँगै २ लाख नगद र अध्ययनका लागि युएन कलेजको छात्रावृत्ति पाउनेछिन्। यो प्रतियोगीताको फाइनल पौष ५ गते धरानामा आयोजना हुनेछ। त्यस्तै फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः १ लाख र पचास हजार नगद पुरस्कार सँगै छात्रावृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।