काठमाडौं – चर्चित गायिका सत्यकला राईले ‘वेष्ट नेशनल सङ्ग’ अवार्ड हात पारेकी छन्। उनले अमेरिकाको न्युर्योकमा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९ सो अवार्ड हात पारेकी हुन्।
गीतमा विशाल गुरुङ र लक्ष्मी अनुरागीको शब्द, शिला बहादुर मुक्तानको संगीत रहेको छ। अमेरिकाको वर्ल्ड कनेक्शन युएसएद्वारा आयोजित कार्यक्रममा राइले ‘नसोध को तराई बासी’ बोलको राष्ट्रिय गीतबाट उनले अवार्ड हात परेकी हुन्।
४ महिने साँगीतिक यात्राको क्रममा केही महिना पहिले अमेरिका पुगेकी उनले अमेरिकाको १७ स्टेटमा आयोजित दुई दर्जन बढी सांगीतिक कार्यक्रममा सहभागी भएकी छन्।