तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–सामाजिक सञ्जाल ट्वीटरमा अहिले नायक अक्षय कुमार र सलमान खानका फ्यानविच निकै चर्को भिडन्त चलिरहेको छ। यसको मुख्य कारण हो, सलमान र अक्षय कुमारको बक्स अफिस भिडन्त। डिसेम्बर २० मा सलमानको चलचित्र ‘दबंग ३’ रिलिज हुँदैछ भने डिसेम्बर २७ मा अक्षय कुमारको ‘गुड न्यूज’ रिलिज हुँदैछ। एक साताको अन्तरमा चलचित्र रिलिज हुने भएपनि फ्यानविच वार भने छेडिएको छ।
अझ, सलमान र अक्षयको चलचित्र सन् २०२० को इदमा एकसाथ रिलिज हुँदैछन्। यसले, बलिउडमा दुई स्टारको स्टारडमलाई समेत चुनौती दिएको छ। सलमान खानको ‘राधे’ र अक्षय कुमारको ‘लक्ष्मी बम’ आउँदो बर्षको इदमा रिलिज हुँदैछन्। सलमानसँग भिडन्तको बिषयमा अक्षय भन्छन्, ‘एउटा ठूलो चाडमा दुई चलचित्र एकसाथ रिलिज हुन किन सक्दैन?’
अक्षयले अगाडि भने,‘मैले मेरो चलचित्रको रिलिज मिति पहिले घोषणा गरेको थिएँ। फेरि, यति ठूलो चाडमा दुई चलचित्र रिलिज हुँदा दर्शकले दुबै चलचित्र हेर्छन्।’ अक्षयले ठूलो चाडमा वा विदामा दुई चलचित्र रिलिज हुनुपर्ने मुद्दा यसअगाडि पनि उठाउँदै आएका थिए। यो दुई नायक बिचको प्रतिस्प्रधा भने होईन।