picture source: agency
एजेन्सी — अमेरिकाको हवाई राज्यमा रहेको सैन्य बेस पर्ल हार्बरमा बन्दुक आक्रमण हुँदा आक्रमणकारी सहित तिन जनाको मृत्यु भएको छ।
आक्रमणमा रक्षा मन्त्रालयका दुई कर्मचारी समेत रहेका छन्। सोही घटनामा परेर एकको अवस्था गम्भीर छ। अधिकारीका अनुसार गोलीबारीपछि ती आक्रमणकारीले पनि आत्महत्या गरेका छन्। आक्रमणकारी एक जना अमेरिकी नौसैनिक भएको बताइएको छ।
पर्ल हार्बरमा अमेरिकाको हिन्द–प्रशान्त महासागर क्षेत्रको नौसैनिकको लागि जहाज र पनडुब्बीहरुको आधुनिकरण हुन्छ। सो स्थानमा जहाजहरुको मर्मत–सम्भारको पनि हुने गर्छ। पर्ल हार्बरमा अमेरिकाको करीब १० नौसैनिक युद्धपोत र १५ पनडुब्बी तैनाथ छन्।
आक्रमणका दौरान भारतीय वायुसेनाका एयर चीफ मार्शल आरकेएस भदौरिया पर्ल हार्बरमा नै थिए। उनी हिन्द–प्रशान्त क्षेत्रका अफसरका साथ एक कार्यक्रममा हिस्सा लिइरहेका थिए। घटनामा भारतीय वायुसेनाका अधिकारी सुरक्षित रहेको भारतीय वायुसेनाले जानकारी दिएको छ।
घटनापछि बेस सम्पूर्णरुपमा बन्द गरिएको छ। केवल प्रहरी सेनाको टीमको वाहनहरुलाई भित्र जाने अनुमति दिइएको छ।