एजेन्सी– एकदमै हिट चलचित्र ‘सोर्मा, मिसन मंगल र साँड कि आँख’ को रिलिजपछि बलिउड नायिका तापसी पन्नु बायोपिक चलचित्रमा काम गर्न जोसिएकी छिन्। उनै, तापसी अब मिथिला राजको बायोपिकमा काम गर्ने तयारीमा रहेकी छिन्। मिथिला भारतीय महिला क्रिकेट टिमकी क्याप्टेन हुन्। तापसी भन्छिन्, ‘म बायोपिक चलचित्रप्रति आकर्षित छु। खेलकुद कर्मीको बायोपिकले मलाई अझै आकर्षण गर्छ। म अहिले क्रिकेट सिकिरहेकी छु।’
तापसीले मिथिलाको जस्तो कथा क्रिकेटका अरु हस्तीको नभएको पनि बताइन्। तापसीले रियल लाइफमा थुप्रै हिरोहरु भएको बताइन्। तर, सबैको जीवनकथा पर्दामा साट्न नसकिने उनको तर्क छ। तापसीले बायोपिक चलचित्र पहिलो रोजाइमा रहने तर्क गरेकी छिन्। तापसी पन्नु अहिले महिलालाई केन्द्रिय भूमिकामा राखेर बन्ने चलचित्रमा बढी केन्द्रित छिन्। त्यसैले उनी एकदमै उत्साही छन्।