काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबारको खेलमा भाल्दिभ्स भुटानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्स भुटानसँग २–१ ले पराजित भएको हो।
२ शून्यले पछाडि परेको माल्दिभ्सले खेलको ९० औं मिनेटमा गोल फर्काउँदै गोल अन्तर घटाएको हो। यो जितसँगै भुटानले तीन खेल खेल्दा ६ अंक बनाएको छ। भुटान एक खेलमा पराजित भयो भने दुई खेलमा विजय भयो। भुटानलाई नेपालले पहिलो खेलमा ४–० ले पराजित गरेको थियो। तीन खेल खेलेको माल्दिभ्सको दुई अंक छ।
दुई खेलमध्ये एकमा बराबरी र एक खेलमा विजयी भएको नेपालको चार अंक छ। श्रीलंकाको दुई अंक रहेको छ भने बंगलादेश एक अंकसहित अन्तिममा छ। बिहीबार (आज) साँझ ५ बजे श्रीलंका र बंगलादेशबीचको खेल हुँदैछ। राउन्ड रोविन लिगका आधारमा सञ्चालित खेलमा नेपाल शीर्ष स्थानमा छ।