एजेन्सी– जम्मु–कश्मीरकी पूर्वमुख्यमन्त्री महबुबा मुफ्तीकी छोरी सना इल्तजा जावेदले नागरिकता संशोधन विधेयकमाथि आपत्ति जनाएकी छन्।
नागरिकता संशोधन विधेयक कार्यान्वयनमा आउनुअघि उनले सार्वजनिक रुपमा टिप्पणी गर्दै विरोध गरेकी हुन्। भारतीय मिडियाका अनुसार सनाले आफ्नी आमाको ट्वीटर एकाउन्ट प्रयोग गर्दै बाजपा नेतृत्वको सरकारको कार्यकालमा मुस्लिमका लागि देश नरहेको प्रतिक्रिया दिएकी छन्।
महबुबाको ट्वीटरमार्फत सनाले लेखेकी छन्, ‘भारत–मुसलमानहरुको देश रहेन’ भारतको संविधानबाट धारा ३७० हटाएपछि नै जम्मु–कश्मीरकी पूर्वमुख्यमन्त्री महबुबालाई सरकारले हिरासतमै राखेको छ। नागरिकता संशोधन विधेयक बुधबार केन्द्रीय मन्त्रिमण्डलले स्वीकृति दिएको छ। उक्त विधेयक आगामी साता लोकसभामा पेश हुँदैछ।