काठमाडौं– ‘म त नेपालकी माया गर्ने छोरी’ गीतबाट चर्चामा आउँन सफल गायिका आस्था राउत अहिले नेपाली गीत संगीतमा आफ्नो छुट्टै उचाईँ बनाउँन सफल भएकी छिन्। उनै गायिका राउतको आवाजमा नयाँ गीत ‘नाकैमा फुली’ भर्खरै मात्र सार्वजानिक भएको छ।
सुरेश अधिकारीको शब्द,संगीतमा रहेको गीतलाई आस्थाले निकै मिठो तरिकाले गाएकी छिन्। जुन गीतले उनको पहिलो उचाईँलाई तल खस्किन दिएको छैन। शान थापाको निर्देशन रहेको गीतको म्यूजिक भिडियोमा नायिका आँचल शर्मा र महेश खड्काको अभिनय रहेको छ। नेपालको यूटूबको ट्रेन्डिङ् नम्बर २२ मा रहेको गीतले छोटो समयमै धेरैको मन जित्न सफल भएको छ। म्यूजिक नेपाल बाट सर्बत्र बजारमा उपलब्ध छ।
https://youtu.be/KqwoDqodxbk