काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। ओली बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज भएसँगै कार्यकक्ष फर्किएका हुन्।
स्वास्थ्यमा समस्या आएसँगै उनी मंसिर १० गते त्रिवि शिक्षण अस्पताल गएका थिए। प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिसको समस्या देखिएपछि चिकित्सकहरुले उनको मंसिर १० गते नै शल्यक्रिया गरेका थिए। एपेन्डिक्सको शल्यक्रिया पछि प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा अस्पतालमा नै बसेका थिए।
स्वास्थ्य अवस्थामा सुधार भएसँगै ओली बालुवाटार फर्किएपनि पनि उनी चिकित्सकको निगरानीमा रहेने बताइएको छ भने चिकित्सकको सल्लाहअनुसार आवश्यक परेमा उनको मिर्गौला प्रत्यारोपण गरिने बताइएको छ।
