काठमाडौं _ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको छ। बङ्गलादेशले श्रीलङ्कालाई १–० गोलले हराएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा बङ्गलादेशका लागि महबबुर रहमानले निर्णायक गोल गरेका थिए। उनले खेलको १०औँ मिनेट गोल गरेका हुन्। जितसँगै बङ्गलादेशको तीन खेलबाट चार अङ्क पाएको बङ्गलादेश तेस्रो स्थानमा छ।
साग पुरुष फुटबलमा नेपाल, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का सहभागी छन्। भारत र पाकिस्तानको पुरुष फुटबल टोली सहभागी छैन।