काठमाडौं– गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३७ पुगेको छ।
पदक–तालिकामा नेपाल दोस्रो स्थानमा छ। पार्कीले १४ मिनेट ५४ः२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। सो प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले रजत जिते। उनले १४ मिनेट ५५ः२१ मा दौड पूरा गरे।
नेपालकै हरि रिमालले १४ मिनेट ५७ः०५ सेकेन्ड समय निकाल्दै काश्य पदक जिते। पार्कीले जितेको स्वर्ण नेपालले मध्यम दूरीको दौडमा जितेको पहिलो स्वर्ण पदक हो। यसअघि राजेन्द्र भण्डारीले सो दूरीमा सन् २००६ को दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए। तर पछि डोपिङमा परेपछि उनको पदक खोसिएको थियो। बीबीसी