एजेन्सी– भारतको तेलंगानामा भेटनरी डाक्टर प्रियङका रेडीको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन्। प्रहरीको अनुसार डाक्टरलाई पेट्रोल हालेर जलाएकै अन्डरब्रिजमा उनीहरुलाई पुर्याइएको थियो।
भारतीय संचार माध्यम भास्करका अनुसार उनीहरुलाई त्यस दिनको घटनाको बारेमा सोध्ने क्रममा उनीहरुले भाग्ने कोशिस गरे। त्यसपछि प्रहरी गोली चलाउन वाध्य भएका थियो। जसका कारण उनीहरु चारै जनाको मृत्यु भएको हो।
बुधबार राती प्रियङका रेडीलाई बलात्कार गरि जलाइएको थियो। त्यसपछि ४ जना आरापीलाई प्रहरीले प्रक्राउ गरि अदालमा पेश गरेको थियो। उनीहरुलाई १४ दिनको म्याद थप गरि हिरासतमा राखेर छानबिन गर्न अदालतले आदेश दिएको थियो।