काठमाडौं– लोकप्रिय गायक तथा सर्जक पशुपति शर्माको नयाँ गीत ‘कसले कान फुक्यो र’ भर्खरै मात्र सार्वजानिक भएको छ। कहिले ठट्यौली, कहिले देशभक्ति त कहिले सामाजिक यथार्थपरक गीत सृजना गर्ने पशुपतिले यसपटक पनि माया गर्ने जोडीको कसले कान फुक्यो रिसायौ भन्ने भाव रहेको छ।
गीतमा उनलाई गायिका शान्ता परियारले साथ दिएकी छिन्। गीतको शब्द, संगीत पशुपतिकै रहेको छ। कृष्ण विक भान्जाको संगीत संयोजन रहेको गीत मारुनी स्टुडियोमा रेकर्ड भएको हो। दुर्गा पौडेलको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा पनि पशुपति र शान्तिलाई नै देख्न सकिन्छ। पशुपति शर्माको यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=j2zS-k_Ex5Y