एजेन्सी– सोसल मिडियामा सुपर मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन्। काइली आफ्नो व्यापार व्यवसायमा जति चर्चित छिन् त्योभन्दा बढी ग्ल्यामरको क्षेत्रमा पनि चुनिएकी छन्। उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन्।
सेलिब्रेटी बिजनेस उमनको उपमा पाएकी उनी आफ्नो कस्मेटिक कम्पनीको ६१ प्रतिशत सेयर बेचेपछि अहिले चर्चामा छिन्। अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा छाएको छ।
उनले आफ्नो कम्पनीको सेयर चार हजार तीन सय २० करोडमा बेचेकी हुन्। यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका छन्। यो कस्मेटिक फर्मले अन्तर्राष्ट्रिय ब्युटी ब्रान्ड बेच्ने गर्छ।