काठमाडौं– १० दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार सरकारी निवास बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न उपराष्ट्रपति नन्द बहादुर पुन शुक्रबार विहानै बालुवाटार पुगेका छन्।
उपराष्ट्रपति पुन शुक्रवार विहान ९ बजे बालुवाटार पुगेका हुन्। उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीसँग भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने स्वास्थ्य लाभको कामना गरेका थिए।
प्रधानमन्त्री ओली मिर्गौलाका समेत बिरामी भएकाले चिकित्सकले अझै केही दिन आराम गरेर बस्न सुझाव दिएका थिए।