काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्तको पुरुष क्रिकेटमा भुटानविरुद्ध बंगलादेश विजयी भएको छ। बंगलादेशले भुटानलाई १० विकेटले हराएको हो।
भुटानले दिएको ७० रनको विजयी लक्ष्य बंगलादेशले ६.५ ओभरमा विना कुनै विकेट गुमाई भेट्टाएको हो। बंगलादेशको लागि सौम्य सरकारले २८ बलमा ५० रन र मोहम्मद नाइमले १३ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ७ विकेट गुमाउँदै ६९ रन बनाएको थियो। उसका लागि तेन्जिन वाङचुरले सर्वाधिक १५ रन तथा जिग्मे दोर्जेले १२ रन बनाए। बंगलादेशका मनिक खानले २ विकेट लिए।