काठमाडौं– नेपाली फिल्म ‘दि कर्मा’ को अफिसियल टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मकी नायिका परमीता राज्यलक्ष्मी राणालाई हट अवतारमा प्रस्तुत गरिएको छ।
फिल्ममा भारतीय कलाकारको समेत अभिनय रहेको छ। नेपालको तराई क्षेत्रमा छायांकन गरिएको फिल्ममा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको मूख्य अभिनय रहेको छ।
‘दि कर्मा’को निर्देशक देवकुमार श्रेष्ठ हुन् भने फिल्मका लेखक तथा निर्मातामा भने जय राज रहेका छन्। फिल्मलाई यही माघ १७ गते रिलिज गरिने छ।
https://youtu.be/b4XSFXXvQPo