काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालको स्वर्णसंख्या ३९ पुगेको छ। गल्फर सुवास तामाङले १७ वर्षको उमेरर्मै दोहोरो स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ३९ पुगेको हो।
सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास कायम गरेका छन्। सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १५ अन्डर २७८ स्कोरसहित प्रथम स्थान हासिल गरे। यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ।
सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो। टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन्।