काठमाडौं– ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ ‘मिस नेपाल वल्र्ड’ मा भाग लिनका लागि अहिले लण्डनमा छिन्। डिसेम्बर १४ मा हुन लागेको ‘मिस वल्र्ड’ मा उनले नेपालको प्रतिनिधित्व गर्ने्छिन्। उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन्।
अहिले ‘मिस वर्ल्ड’ को लागि भोटिङ चलिरहेको छ। विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन्। यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन्। यो समाचार तयार पार्दासम्म अनुष्काले ११.९ प्रतिशत भोट पाएकी छिन्। पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.९१ प्रतिशत भोट पाएकी छिन्।
नेपाली सुन्दरीको भोटमा बङ्गलादेशी सुन्दरीले पछ्याएकी छिन्। बङ्गलादेशकी सुन्दरी रफह तेर्साको भोट प्रतिशत ११.२० छ। अन्य देशका प्रतिस्पर्धीहरु भोटमा धेरै नै पछि छन्। तर, अनुष्कालाई भोटिङमा दोश्रो स्थानमा रहेर मात्र पुग्दैन। भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन्। सर्वा्धिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन् जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ।