बुटवल– ओमसतिया गाउँपालिका(४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
छोराले आफ्नै आमाबुवाको हत्या गरेका हुन्। हत्या बारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ। हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको छ।
गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेम थापाले बताएका छन्।
प्रारम्भिक अनुसन्धानमा गोरखबहादुरको मानसिक सन्तुलन ठीक नभएकोे प्रहरीले बताएो छ। छोरा गोरखबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि थपअनुसन्धान भैरहेको प्रहरीले बताएको छ।