काठमाडौं– वि.सं.२०७६ साल मंसिर २१ गते। शनिबार। ईश्वी सन् २०१९ डिसेम्बर ०७ तारिख। नेपाल संवत् ११४०। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। श्रीशाके १९४१। मार्गशुक्ल पक्ष। तिथि एकादशी,अहोरात्र। नक्षत्र रेवती,४६ घडी ४१ पला,रातको ०१ बजेर २३ मिनेट उप्रान्त अश्विनी। योग व्यातिपात,२७ घडी ३४ पला,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त वरियान। करण वणिज,बेलुकी ०६ बजेर ३६ मिनेट उप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि मिन।
काठमाडौंमा सूर्योदय ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट। दिनमान २६ घडी ०२ पला। रातको ०१ बजेर २३ मिनेटमा पञ्चक समाप्ती। अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला। व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ। परिवार तथा आफन्तजन तपार्ईँदेखि टाडिनेछन्। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला। माया प्रेममा धोका हुनेछ। अनाबश्यक ठाउँमा बल प्रयोग हुनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आर्थिक व्यावस्थापन तथा रुपैयापैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाति रहनेछन्। पैत्रिक धन तथा सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ। पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ। मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखि हुनेछ। अरुकै पछि लागेर हिड्नाले उललब्धि नहुने तथा आफ्ना कामहरु थाति रहनेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुनेयोग रहेकोछ। पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ। माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ। गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ। समयको गतिसँगै अगाडि बढ्न सकिने हुनालेआर्थिक रुपमा सम्पन्न हुन सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ। सामाजिक कामगरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ। पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ। नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ। व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ। प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ। समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन्। माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ। व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ। अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – मायाप्रेममा अबिश्वास बढ्नेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुनेछ। व्यापार व्यावसाय आम्दानी थोरै हुनेछ भने आज लगानी नगर्नुनै राम्रो हुनेछ। शुभचिन्तकको पनि साथ नहुने हुँदा एक्लो पनको महशुष हुनेछ। पहिलेका सम्झौता भङग हुनेछ भने साझेदारहरु बिच भनाभन हुने योग रहेकोछ। पढाइ लेखाइमा अल्छि गर्नाले नतिजा भनेजस्तो आउँनेछैन। विलासी सामान प्राप्तिको योग भएपनि तपार्ईँ आफ्नै कारणले टरेर जानेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – नोकरिमा प्रतिस्पर्धिहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन्। बिवादित निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउनेहुदा घर परिवार तथा आफन्तहरु खुसी हुनेछन्। व्यापार व्यावसायमा लगानीगरि मनग्गे आम्दानी हुने योग रहेकोछ। पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) – प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ। शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ। माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ। भौतिक सम्पति तथा विलासी बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला। बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ। राजनीति तथा समाजसेवामा अलिबढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन्। कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैयापैसा संग्रह गर्न सक्नेछन्। प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ। पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ। वादबिवाद तथा मुद्दामामिलामा तपार्ईँकै जित हुनेछ। माया प्रेममा सामिप्यता बढ्नुको साथै पतिपत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ। उद्योग ब्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ। छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ। बिद्यामा सोचेजस्तै सफलता पाइनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – आफन्त तथा कुटुम्ब सँगको सम्बन्ध सुमधुर भएर जानेछ। सामाजिक सभासमारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलिको प्रभाब बढ्ने तथा महत्वपुर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ। पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ। व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ भने मनग्गे धन सम्पति हात लाग्ने योग रहेकोछ। मायाप्रेममा बिश्वासको बाताबरण बढ्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउँन सकिनेछ। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापन सुदृड हुनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ। सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ।
तपाईको दिन शुभ रहोस्।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला।