एजेन्सी– इरानमा सरकार विरोधी प्रदर्शन भइरहेको क्रममा अहिलेसम्म २सय ८ जनाको मृत्यु भएको छ भने ७ हजार जना प्रदर्शनकारी पक्राउ परेका छन्।
राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ।
संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेकामध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए। २सय ८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ।
पेट्रोलको मूल्य वृद्धिको विरोधमा इरानमा प्रदर्शन हुँदै आएको छ। पेट्रोलमा धनी मानिने इरानले हालै सोही इन्धनमा २ सय प्रतिशतले मूल्य वृद्धि गरेको थियो। अमेरिकी नाकावन्दीका कारण इरानमा आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ।