pic– desh sanchar
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत म्याराथनमा किरण सिंह बोगटिले स्वर्ण जितेका छन्। बोगटिले स्वर्ण हात पारेसँगै १३ औं सागमा नेपालको स्वर्ण संख्या ४२ पुगेको छ।
शनिबार दशरथ रंगशालामा आएर टुंगिएको म्याराथनमा किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरे। भारतका रसपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक पाए।
भारतका श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य जिते।