काठमाडौं– १३ औं दक्षिण एीसयाली खेलकुद(साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्। पहिले ब्याटिङ गरेको बंगलादेशले नेपाललाई १ सय ५६ रनको विजयी लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा जारी खेलमा बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको हो। उसका लागि जानमुल होसाइन शान्तोले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा नटआउट ७५ रन बनाए भने अफिफ हसनले २८ बलमा ५२ रनको योगदान दिए।
नेपालको बलिङमा पारस खड्काले ४ ओभरमा १५ रन दिँदै ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले २ तथा अविनाश बोहोराले १ विकेट लिए। स्वर्णको आशा जिवितै राख्न नेपालले बंगलादेशलाई हराउनै पर्ने हुन्छ। नेपाल अहिले जवाफि ब्याटिङ गरिरहेको छ।