काठमाडौं– ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको फाइनल आज हुँदैछ। फाइनलमा चार जना प्रतिस्पर्धी विकास लिम्बू राम लिम्बू, आरिफ रौफ र सनिष श्रेष्ठ पुगेका छन्।
राजु लामाको टिमबाट शनिस श्रेष्ठ कोच दीप श्रेष्ठको टिमबाट विकास लिम्बू रहेका छन् भने कोच प्रमोदको टिमबाट राम लिम्बू र कोच आस्थाको टिमबाट आरिफ रौफ फाइनलमा पुगेका हुन्।
सेमिफाइनलबाट मेचु धिमाल, याङ्की यल्मा सञ्जय महत,र गीता शर्मा, बाहिरीएका थिए।
ग्रान्ड फिनाले काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा हुने छ। ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिने छ।