दाङ– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको टरिगाउँ विमानस्थलको अनुगमन गरेका छन्। तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित उक्त विमानस्थलको शनिबार अनुगमन गरेका हुन्।
कुनै समय यात्रु अभावमा अवरुद्ध भए पनि पछिल्लो समय दैनिक दुई उडान थालेकाले उक्त विमानस्थलको धावनमार्ग विस्तारको अवस्थाका बारेमा उनले अनुगमन गरेका हुन्। अहिले धावनमार्ग सानो हुँदा साना जहाज मात्रै आउने गरेकाले अब ठूला जहाज ल्याउनका लागि धावनमार्ग विस्तार गर्ने समेत प्रतिबद्धता जनाए।
स्थानीय सरकारले नियमित हवाई सेवा शुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले अब प्रदेश र केन्द्रीय सरकारले नियमित हवाई सेवा शुरु गर्ने गरी कार्यक्रम अघि बढाउने बताए। रासस