काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोलले हराएको हो।
पराजयसँगै माल्दिभ्सका मुख्य प्रशिक्षक पिटर सेगर्टलाई पदमुक्त गरिएको छ। सागमा खराब प्रदर्शन गरेको भन्दै माल्दिभ्स फुटबलले सेगर्टलाई बर्खास्त गरेको जनाएको छ। माल्दिभ्स फुटबलले सामाजिक संजाल फेसबुकबाट पिटरलाई हटाइएको बताएको हाे।
