काठमाडौं–केही समय अघिसम्म हाँस्य टेलिसिरियलको दुनियाँमा ‘भद्रगोल’ सर्वाधिक चर्चामा रहेको थियो। हरेक श्रृङ्खलाले युट्युबको ट्रेण्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्थ्यो। यसको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकहरुले अत्याधिक रुचाएका थिए।
मिडिया हबले यो सिरियलको निर्माण गरिरहेको थियो। कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले यसको निर्देशन गर्थे। तर, असारमा उनीहरुको सम्झौता सकियो। यसपछि भने यो शो पुरानै टिमबाट अगाडि बढ्न सकेन। केही समय बन्द भएको यो सिरियल फेरि प्रशारण हुन त थाल्यो, तर टिम र पात्र फेरिए। निर्देशनको जिम्मा अशोक धिताल र ज्योती काफ्लेले लिए। कलाकारहरुको नयाँ टिम बनाइयो। तर, नयाँ टोलीले बनाएको पहिलो एपिसोडमा दर्शकको लाइक भन्दा डिस–लाइक बढी आयो। दर्शकले सिरियल कमजोर भएको भन्दै गाली पनि गरे।
हुनत, अहिले डिसलाइक गर्नेको सङ्ख्या घटेको छ। यो नयाँ टिमका लागि केही सुखद हुन सक्छ। तर, यसको युटुब भ्यूज निकै कमजोर रहेको छ। टेलिभिजनमा पनि नयाँ टिमको ‘भद्रगोल’ हेर्नेको संख्या बलियो छैन। पुरानो ‘भद्रगोल’ को टिमले बनाइरहेको ‘सक्कीगोनी’ लाई भने दर्शकले रुचाएका छन्। यसैले, ‘भद्रगोल’ को नयाँ टिमले अझै यस टिमले पनि अत्याधिक मिहिनेत गरेमा सिरियल राम्रो हुने देखिन्छ।