एजेन्सी– चर्चित बलिउड सुपरस्टार अक्षय कुमारले जब–जब देशभक्तीको कुरा गर्छन्, तब उनलाई क्यानेडियन नागरिक भन्ने सुन्नुपर्छ। अक्षयसँग क्यानडाको पासपोर्ट छ। यसैले, पनि पछिल्लो समयमा उनको भारतमा चर्को आलोचना हुने गरेको छ। क्यानडाको नागरिक भएर भारतीय नागरिकलाई राष्ट्रियता सिकाएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुने गरेको छ।
यो बिषयमा नायक अक्षय कुमारले मिडियासँग कुरा गर्दै एउटा पासपोर्टकै कारण आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाइएको भन्दै दुख व्यक्त गरे। क्यानडाको पासपोर्ट बोक्नुको बिषयमा अक्षयले भने, ‘जब मेरा १५ चलचित्र फ्लप भएका थिएँ, त्यतिबेला म हतास थिएँ। मलाई अब कसैले काम दिदैन भन्ने लागेको थियो। सोही समयमा एक जना क्यानडामा नै बस्ने साथीले मलाई क्यानडा आउन आग्रह गरे। मैले पनि अब भारतमा काम पाइदैन भन्ने सोचेँ र क्यानडाको पासपोर्ट एप्लाई गरेँ। तर, त्यसपछि भने मेरो चलचित्र असफल भएन। मैले पछाडि फर्किएर हेर्नु परेन।’
अक्षयले अगाडि भने, ‘मलाई यही एउटा कारणले बारम्बार आरोप लगाउँदा दुख लाग्छ। यसैले, मैले भारतीय पासपोर्टका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। चाडै नै मैले भारतीय पासपोर्ट बोक्नेछु।’ उनको यो काम सफल भएपछि अवश्य पनि अक्षय आलोचनाबाट मुक्त हुनेछन्।