एजेन्सी– स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकालेको छ। शनिबार राति भएको खेलमा मालोर्कालाई ५–२ गोलले पराजित गर्दै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।
क्याटलान क्लब बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले शनसनीपूर्ण ह्याट्रिक गरे भने लुइस सुआरेज र एन्टोइन ग्रिज्मनले एक एक गोल थपे। मालोर्काको लागि अन्ते बुडिमिर दुई गोल गरे।
खेल शुरु भएको सात मिनेटमा नै बार्सिलोनाले शुरुवाती अग्रता बनाएको थियो। उसको लागि गोलरक्षक मार्क आंदर टेर स्टेगनको लामो पासमा ग्रिज्मनले गोल गरेका थिए। त्यँतै १७ औं मिनेटमा मेस्सीले गोल गर्दै अथ्रता दोब्बर बनाए। तर खेलको ३५ औं मिनेटमा साल्भा सेभिलाको क्रसमा अन्ते बुडिमिरले गोल गर्दै मालोर्कालाई खेलमा फर्काउने संकेत गरे।
पहिलो हाफको ४१ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै सुआरेजले गोल गर्दै बार्सिलोनालाई ४–१ को स्थितिमा पु¥याए।
दोस्रो हाफको ६४ औं मिनेटमा यसबीच काउन्टर अट्याकमा मालोर्काले बुडिमिरबाट नै अर्को गोल फर्कायो। तर मेस्सीले खेलको ७ मिनेट बाँकी रहँदा आफ्नो ह्याट्रिक पूरा गर्दै जित पक्का गरे।
जितसँगै बार्सिलोनाले १५ खेलमा ३४ अंकसहित शीर्षस्थान छ। समान खेलमा समान अंक बोकेको रियल म्याड्रिड गोलअन्तरले पछाडी रहेको छ।