मोरङ– आर्दश बहुमुखी क्याम्पका उपप्राध्यापकले मादक पदार्थ सेवन गरी पान पसल तोडफोड गरेका छन्। शनिबार साँझ उपप्राध्यापक उद्धव मिश्रले मापसे गरी ट्राफिक चोकमा रहेको पान पसल तोडफोड गरेका हुन्।
मदिराको नशामा पसल तोडफोड गरेका मिश्रलाई वडा प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको थियो। पसलको क्षतिपूर्ति तिर्न सहमत भएपछि मिश्र पक्राउ परेलगत्तै छुटेका थिए।
मिश्रले पान ढिलो दिएको भन्दै पसलको सीसा फुटाएका थिए।मिश्र महेन्द्र मोरङ क्याम्पसका बीबीए विभागीय प्रमुख हुन्। पान पसल सुरज सिंहले सञ्चालन गर्दै आएका थिए।