तस्वीर : अनलाईन खबरबाट
एजेन्सी– हिजो शुक्रबारदेखि भारतमा २ वटा एकदमै आशातित चलचित्र रिलिज भएका छन्। जसमा कमेडी प्रेम कथामा तयार भएको चलचित्र ‘पति, पत्नी और ओ’ र ऐतिहासिक कथामा निर्माण भएको चलचित्र ‘पानीपत’ छन्।
बक्स अफिसमा दुबै चलचित्रले एक अर्कालाई टक्कर दिने अपेक्षा गरिएको थियो। तर, शुक्रबारको ओपनिङमा कातिक आर्यन, भूमी पेन्डेकर र अनन्या पाण्डे अभिनित चलचित्रले संजय दत्त, अर्जुन कपुर र कृति सेनन अभिनित चलचित्रलाई धेरै पछि पारेको छ। ऐतिहासिक कथामा बनेको ‘पानीपत’ ले शुक्रबार ४.१२ करोडको मात्र ओपनिङ गरेको छ। चलचित्रले मिश्रित प्रतिक्रिया पाईरहेको छ। यसैले, बक्स अफिसमा उछाल आएन भने चलचित्र असफल हुने पक्का छ।
यता, नायक कातिक आर्यनको स्टारडम बक्स अफिसमा चम्किएको छ। शुक्रबार यो चलचित्रले ९.१० करोडको ओपनिङ गरेको छ। यो कातिक आर्यनको करिअरको सबैभन्दा उच्च ओपनिङ हो। बक्स अफिसमा ‘पानीपत’ लाई धेरै पछि पार्दै यो चलचित्र अगाडि जाने संकेत देखिएको छ। नेपालमा भने ‘पानीपत’ रिलिज भएको छैन। तर यही अनुमान गर्न सकिन्छ कि ‘पति, पत्नी और ओ’ ले ‘पानीपत’ अवश्य पछाडि पार्नसक्छ।