एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथविरुद्ध लिभरपुल विजयी भएको छ। शनिबार राति भएको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गरेसँगै लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई जारी राखेको छ।
लिभरपुलको जितमा एलेक्स ओक्सलेड चेम्वरलेन, नावी केइटा र मोहम्मद सलाहले गोल गरेका थिए। लिभरपुलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल थपेको थियो। ३५ औं मिनेटमा चेम्वरलेनको गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए।
त्यस्तै ४४ औं मिनेटमा नावी केइटाले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। नावीले मोहम्मद सलाहको पासमा गोल गरेका थिए। ५४ औं मिनेटमा मोहम्मद सलाहले केइटाको पासमा गोल गर्दै लिभरपुललाई ३–० को बलियो स्थितिमा पु¥याएका थिए। त्यपछि खेलमा अन्य गोल नहुँदा लिभरपुल विजयी भयो।
अपराजित रहेको लिभरपुल १६ खेलबाट ४६ अंक शीर्षस्थानमा रहेको छ। जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ११ अंक बढी हो। एक खेल कम खेलेको लेस्टरको ३५ अंक छ। म्यानचेस्टर सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ।