तस्वीर: अनलाईन खबरबाट
काठमाडौं– हिजो शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘माछा माछा’ को व्यापार पनि निकै नै कमजो रह्यो। चलचित्रको अधिकांश शोज आइतबारदेखि कटौती भएको छ। हुनत, यस्तो खालको अवस्था नेपाली चलचित्रमा मात्र नभए हिन्दी चलचित्रमा पनि उस्तै छ। बलिउडमा राम्रै कमाई गरिरहेका चलचित्रले पनि नेपालमा कमजोर कमाई गरिरहेका छन्।
नायक सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, बिजय बराल जस्ता कलाकार भएको चलचित्र ‘माछा माछा’ ले न त समिक्षकको राम्रो प्रशंसा नै पायो, न त हलमा दर्शकको साथ नै पायो। यही मितिमा रिलिज भएको अर्को चलचित्र ‘माया पिरिम’ भने हलमा रिलिज भएको दर्शकले पत्तो नै पाएनन्। यो महिना मात्र ‘च च हुई, सरौतो, लभ यू हमेशा, माछा माछा, माया पिरिम’ बक्स अफिसमा असफल भैसकेका छन्। कात्तिक महिनामा रिलिज भएका ‘बादशाह जुट, घामड शेरे, जीवन काँडा कि फूल, मिस्टर नेपाली’ लगायतका चलचित्र पनि बक्स अफिसमा पूर्ण रुपमा असफल भए।
नेपाली चलचित्रप्रति दर्शकको चाहना कम भएको या राम्रो चलचित्र नआउँदा दर्शक हलसम्म आउन नसकेका हुन् भन्ने विश्लेषण गर्न आवश्यक देखिएको छ। धेरै लगानी कर्ता र कलाकारलाई यो कुराले निराश बनाएको छ।