काठमाडौं– नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आज(आइतबार) बाट जुडोको खेलहरु शुरु भएको छ। खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा भइरहेका छन्।
जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ। यस्तै पुरुषमा ६० केजी मुनि ६६ केजी मुनि र ७३ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। जुडाेकाे केहि स्पर्धामा आज नै स्वर्णकाे टुङ्गाे लाग्नेछ।
नेपालले जुडोमा स्वर्णमा आशा गरेको छ। खेलाडीहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेको खण्डमा नेपालले स्वर्ण संख्या बढाउने छ।