काठमाडौं–करिब १ महिना बन्द भएको काठमाडाैंको कुमारी हल शनिबारदेखि पुन सञ्चालनमाआएको छ। शनिबारबाट बलिउड चलचित्र ‘पति, पत्नी और ओ’ कुमारी हलमा रिलिज भएको छ। कुमारी हलमा २ पर्दा छन्। जसमध्ये, कुमारी हलको अडिटोरियम १ सञ्चालनमा आएको हो। अर्को अडिटोरियम सञ्चालन हुन १ साता लाग्ने बताइएको छ।
हलमा रहेको सिट र कार्पेट परिवर्तन गरिएको छ। जसले गर्दा, दर्शकलाई झनै सुविधा हुने अपेक्षा हल सञ्चालकको छ। यस्तै, हलमा रहेको बाथरुम पनि पुनः निर्माण गरिएको छ। नोभेम्बर ४ तारिखबाट बन्द भएको हल डिसेम्बर ६ तारिखसम्म बन्द भएको थियो नेपाली चलचित्रको प्रिमियर गर्नका लागि कुमारी हललाई सबैभन्दा सहज मानिन्छ। यो हलमा दर्शकको चाप पनि राम्रो रहँदै आएको छ। मर्मत पछि यस हललाई अंझ केही नयाँ देख्न सकिनेछ।