काठमाडौं– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गते पुरुष बास्केटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ७६–६२ को स्कोरमा हराएको हो। अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
अब नेपालले फाइनल प्रवेशका लागि भारतको सामना गर्नेछ। सेमिफाइनलका खेलहरु सोमबार हुनेछन्।