एजेन्सी– चर्चित बलिउड सुपरस्टार अमिर खानको नयाँ सिनेमा ‘लाल सिंह चड्डामा’ सुटिङ गरिरहेका बेला फोटो खिचेर उनका फ्यानले सार्वजनिक गरिदिएका छन्। आमिर खानका एक फ्यानले उनको जैसलमेर सेटबाट फोटो सेयर गरेका हुन्। केही दिन पहिले आमीरले नै ‘लाल सिंह चड्डा’ को पहिलो लुक सेयर गरेका थिए।
त्यसमा अमिर ठूला आँखा भएका हट्टाकट्टा सरदारका रूपमा देखिएका थिए। तर उनका फ्यानले सार्वजनिक गरेको तस्बिरमा भने आमिर लामो दारी र कपालमाथि टोपी लगाएका देखिन्छन्। हलिउड सिनेमा फरेस्ट गम्पको आधारिक हिन्दी रिमेक ‘लाल सिंह चड्डामा’ आमिर लामो दारी र कपालमा देखिने छन्। यो सिनेमामा आमिर खानको अलावा करिना कपूर पनि महत्वपूर्ण भूमिकामा देखिने छिन्।