काठमाडौं – विश्वविद्यालयमा विद्यार्थीमाथि दुर्वव्यवहार गरेको आरोपमा अनेरास्ववियूका विद्याथीहरुले आजबाट अनिश्चितकालिन तालाबन्दी गरेका छन्।
सहमति कार्यान्वयनको बिषयमा छलफल गर्न गएका विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। तालाबन्दी गरेसँगै ‘स्कुल अफ साइन्स’का डीन कन्यौया झाको राजिनामा माग समेत गरेका
अनेरास्ववियुका अध्यक्ष सुपुष्प लामाका अनुसार आफुहरुको मागको वेवास्ता भएका कारण अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएको बताएका छन्।
विद्यालयका डीनले विगतका सहमति कार्यान्वयन नगर्ने भन्दै विज्ञप्ती नै च्यातेपछि आफुहरु चरणबन्द आन्दोलनमा उत्रिएको अनेरास्ववियूका विद्यार्थी सुमनराज पौडेलले जानकारी दिए।
विद्यार्थीहरुले आफुहरुसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नभएसम्म र स्कुल अफ साइन्सका डिनको राजीनामा नआएसम्म तालाबन्दी नखोल्ने बताएका छन्।