एजेन्सी– गूगलले सन् २०१९ मा प्रयोग भएका र लन्च भएका मध्येबाट उत्कृष्ट एप्स सार्वजनिक गरेको छ। गूगलको प्ले स्टोरबाट डाउनलोड भएका मध्ये उत्कृष्ट एपहरुको घोषणा गरेको हो।
गूगलले गेमिङ्गतर्फ यो वर्षको उत्कृष्ट एपमा कल अफ डिउ्टीः मोबाइल परेको छ भने यसबाहेक एब्लो एपलाई कम्पनीले उत्कृष्ट एप बताएको छ।
एब्लो एपको माध्यमबाट तपाईँले विश्वभरका साथीहरुसँग आफ्नो भाषामा कुराकानी गर्न सक्नुहुन्छ।
गूगलले प्ले स्टोर वेस्ट अफ २०१९ मा यूजर्स च्वाइसको पनि क्याटोगरी राखेको थियो। यो क्याटोगरीका लागि प्रयोगकर्ताहरुले कल अफ डिउटीः मोबाइललाई सबैभन्दा वेस्ट गेम एप भएको बताए।
समग्रमा हेर्दा भने गूगलको यूर्जस च्वाइसमा स्पोटीफाई नम्बर एक एप भएको यूजर्सले बताएका छन्।
गूगल प्ले स्टोरमा भएका मध्ये उत्कृष्ट फिल्म क्याटोगरीमा एभेन्जर्स इण्डगेम परेको छ भने यसलाई यूजर्स च्वाइसतर्फ पनि उत्कृष्ट भएको छ।
यी बाहेक कम्पनी अन्य क्याटोगरीमा पनि उत्कृष्ट एपहरु छनौट गरेको छ।